सोमवार, आश्विन १९ गते २०८३

रविको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

आइतवार , बैशाख ७, २०८२

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । 

बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेका तर्फबाट सर्वोच्चमा निवेदन दर्ता भएको हो ।

निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि सोमबार नै पेसी तोकिएको छ । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेका तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। उनलाई रिहा गर्न माग गर्दै आइतबार निवेदन दर्ता भएको र सोमबारलाई पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।

यसअघि आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध उनले सर्वोच्चच अदालतमा निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाइसकेको छ।

उच्चचको आदेश बदर गरी थुनाबाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका हुन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार