बुधवार, आश्विन १४ गते २०८३

रविको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुदैँ

सोमवार , बैशाख ८, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज पेसी तोकिएको छ । आइतबार रविपत्नी निकिता पौडेलले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

यसको पेसी आजका लागि तोकिएको हो । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । 

उक्त आदेशविरुद्ध रविका तर्फबाट यसअघि सर्वोच्चमा ‘थुनुवा दफा ७३’ निवेदन दायर भएको थियो ।  उक्त निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार