सोमवार, आश्विन १९ गते २०८३

धवलशमशेर राणा हाजिर जमानीमा रिहा, उपचारकाे लागि भारत जाँदै

सोमवार , बैशाख ८, २०८२

काठमाडौँ  । तीनकुनेमा राजावादीको आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका  महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् ।

गत चैत १५ मा पक्राउ परेका उनलाई बोलाएको बेला उपस्थित हुनेगरी आज  रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए  ।

क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले उनलाई रिहा गर्नुपरेको प्रहरीको भनाइ छ । उनको वैशाख १५ मा फलोअपको अपोइन्टमेन्ट रहेको बताइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार