सोमवार, आश्विन १९ गते २०८३

भीम रावलको अभियानमा लागेको भन्दै एमाले नेता कुँवर निष्कासित

सोमवार , बैशाख ८, २०८२

काठमाडौँ । ‘मातृभूमि जागरण अभियान नेपाल’ पार्टी निर्माण गर्ने भनेर हाल अभियान चलाइरहेका भीम रावललाई साथ दिएको भन्दै एमालेले सूदूरपश्चिमका एक नेतालाई निष्कासन गरेको छ । 

एमाले सुदूरपश्चिम सचिव रण बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै  प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवरलाई निष्कासन गरिएको जानकारी दिएका हुन् । 

‘विधानको धारा ८० को उपधारा १ र २ आकर्षित हुने अनुशासन उल्लङ्घन गरी पार्टीको विरुद्धमा लागी भ्रमपूर्ण समाचारहरू सम्प्रेषण गर्नुभएको ठहर गर्दै कमरेड बालगिरी कुवरलाई पार्टी विधान २०४९ -प्रथम विधान महाधिवेशन २०७८ को संशोधन सहित- को धारा ८१ को उप धारा १ बमोजिम प्रदेश लेखा कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको छ’, उनको विज्ञप्तिमा भनिएको छ । 

एमालेले पार्टीबाट निष्कासन गरेपछि भीम रावलले नयाँ पार्टी निर्माणका अभियान सुरु गरेका थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार