काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले निजामती ऐन बनाउन भएको ढिलासुस्तीबारे संसदीय समितिमा आपत्ति जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भइरहेको ढिलासुस्तीमा ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘संविधान बनाउनभन्दा बढी समय निजामती ऐन बनाउन लाग्यो, यो ठिक भइरहेको छैन । अब धेरै समयसम्म समितिमा राख्न हुँदैन ।’
निजामती सेवासम्बन्धी विधेयक २०८० फागुन २१ गतेदेखि संघीय संसद्मा विचाराधीन रहेको छ । संसद्ले २०८१ जेठ १५ गतेदेखि दफावार छलफल समितिमा पठाएको थियो । सांसद थानीले कुलिङ पिरियड २ वर्ष राख्नुपर्ने सुझाव दिएका छन् ।
विधेयकमा सांसदहरूबीच कुलिङ पिरियड कति समय राख्ने, पेन्सन अवधि कति समय राख्ने भन्नेबारे एकमत हुन सकेनेको छैन ।