आइतवार, श्रावण २४ गते २०८३

बबिना किराँतीको आवाजमा 'नाच्ने हो छेउ छेउमा’सार्वजनिक

मंगलवार , आषाढ २२, २०७८

काठमाडौं।  ‘नाच्ने हो छेउ छेउमा’ गीतको फिमेल भर्सन रिलिज भएको छ ।

प्रविण भट्टको शब्द तथा संगीत रहेको फिमेल भर्सनमा बबिना किराँतीको स्वर छ । प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा कविता नेपाली, अकिरा राई, अलिना ठकुरी, बविता पोखरेल, रिया सुन्दास र रमा विश्वकर्मा फिचर्ड छन् ।

अश्मि भुजेलको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । सम्पादन प्रविण भट्टकै छ । तीजलाई लक्षित गर्दै नाच्ने हो छेउ छेउमाको फिमेल भर्सन रिलिज गरिएको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार