बुधवार, आश्विन १४ गते २०८३

दानव नदीमा बेपत्ता ३ बालक मृत भेटिए

मंगलवार , बैशाख ९, २०८२

काठमाडौँ । सोमबार रुपन्देहीको दानव नदीमा बेपत्ता भएका २ जना बालकको शव फेला परेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–२ बस्ने वर्ष १३ को उमेश यादव र बर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो ।

अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ मध्ये २ बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेको हो ।

उनीहरुको खोजिको लागि राती नै सशस्त्र प्रहरी बल नेपाल– ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो । सुरक्षा वेश लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक कोइरालाको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शब फेला पारेको हो ।

बेपत्ता मध्ये १४ बर्षका राज यादबको शब भने सोमबार साँझ फेला परेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार