काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका-१० को घटियाघाटमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ ।
कञ्चनपुरका एसपी चक्रराज जोशीले अनुसार आज बिहान जलेको अवस्थामा फेला परेको शव बेल्डाँडी गाउँपालिका-३ का ५० वर्षीय हरिकिसन रानाको रहेको छ । राना आज बिहान साढे ४ बजे कोलकाता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेका हुन् । तर, उनि बिहान जलेको अवस्थामा फेला परेका थिए भने मोटरसाइकल नजिकै जलिरहेको थियो ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जोशी स्वयंम घटनास्थल पुगेका छन् । नेपाल प्रहरीको धनगढीमा रहेको कुकुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगिएको छ ।
एसपी जोशीले थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत प्राविधिक सहयोग मागिने बताएका छन् ।