सोमवार, आश्विन १९ गते २०८३

अष्टलक्ष्मी शाक्यको प्रश्न : विद्या भट्टराई सक्षम, इमान्दार र असल नेता भएकै कारणले राजीनामा दिनुपरेको हो ?

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं ।  शिक्षा मन्त्रीबाट विद्या भट्टराईले राजीनामा गर्ने परिस्थितिप्रति नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले असन्तुष्टि जनाएकी छन् । विद्या भट्टराई सक्षम, इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता भएका कारणले राजीनामा दिनुपरेको हो भनेर उनले प्रश्न गरेकी छन् ।

एमाले सांसद समेत रहेकी भट्टराईले सोमबार शिक्षामन्त्री पदबाट राजीनामा दिएकी छन् । उनको राजीनामापछि पार्टीभित्र तर्क वितर्क चलिरहेको छ । भट्टराईलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असहयोग गर्दा राजीनामा आएको भनेर एमालेका कतिपय नेताहरूले टिप्पणी समेत गरेका छन् । यसैबीच उपाध्यक्ष शाक्यले सामाजिक सञ्जालमा लेख्दै यस्तो प्रश्न गरेकी हुन् ।

शाक्यले लेखेकी छन्, ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री भट्टराईले राजीनामा किन दिनु पर्‍यो ? विद्या भट्टराई सक्षम, इमान्दार, उच्च नैतिकता भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनु परेको हो ?’ उनले भट्टराईलाई सहयोग किन भएन भन्दै रोष प्रकट गरेकी छन् ।

उनले भनिन्, ‘उहाँलाई सहयोग किन भएन ? कमरेड विद्याको राजिनामाले उहाँको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार