सोमवार, आश्विन १९ गते २०८३

अपराधीले हामीलाई घेराबन्दी गरे, मैले गति छाँडे भन्ने हो भने जेठ महिनाभित्रै हाइ हाइ भइन्छ : प्रधानमन्त्री ओली

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राम्रो काम गरेपछि अपराधिहरूले घेराबन्दी गरेको आरोप लगाएका छन् ।  नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विदेशी शक्तिहरूले पनि आफूहरूलाई समर्थन नगरेको बताएका हुन् ।

उनले भने, ‘अपराधीले राम्रो काम गर्नेलाई घेराबन्दी गरिरहेका छन् । विरोधीहरूले संगठित गर्छन् । हाम्रै साथीहरूलाई पनि कतै त्यसै विरोध भएको त होइन होला नि भन्ने परेको छ, त्यो भ्रममा हाम्रै केही साथीहरू सामेल भएको पाइएको छ । विभिन्न प्रकारका वैदेशिक शक्तिहरुले हाम्रो पार्टीलाई समर्थन गरेका छैनन् । आलोचना तारो भइरहेको छ । आलोचनाको तारो नहुने नेता खोज्नुपर्छ कि ! भन्ने परेको छ ।’

‌प्रधानमन्त्री ओलीले आफूले गति छोड्ने हो भने सबैले हाइ हाइ गर्ने अभिव्यक्ति पनि जनाएका छन् । उनले नेकपा एमालेबाहेकका पार्टीले समृद्ध नेपाल सुखी नेपाली भन्न नसकेको बताएका छन् ।

उनले भने, ‘मैले गति छाँडे भन्ने हो भने जेठ महिनाभित्रै हाइ हाइ भइन्छ । तर हाम्रो पथ त्यस्तो होइन, हामी महान परिवर्तनको उद्देश्यबाट आएका हौँ । अब हामीले समृद्ध नेपाल सुखी नेपाली भनेरै बुझाउनपर्छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार