सोमवार, आश्विन १९ गते २०८३

ओली भन्छन् : मलाई बुढो देख्नेका आँखा के भएका होलान् ?  बुढो हुन अझैँ ३० वर्ष छ

मंगलवार , बैशाख ९, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य र उमेरबारे चिन्ता नगर्न आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ता नगर्न आग्रह गरेका हुन्।  

‘कतिपयलाई मेरो उमेर र स्वास्थ्यको चिन्ता छ।  स्वास्थ्यको चिन्ता त पोहोर परार म बिरामी थिएँ। अहिले बिरामी सिरामी छैन । मलाई बुढै देख्न मन छ भने २०/२५ वर्ष पर्खिनुस् न बाबा।  बुढो नभई त मान्छे रहनै सक्दैन नि। २०/२५ वर्ष पर्खिनुस् न । किन हतार त । हतार गरेर हुन्छ? २०/२५ वर्ष ३० वर्ष पर्खिनुस्। अहिले त मेरो बुवा हिँड्दै हुनुहुन्छ लौरो नटेकिकन। मलाई बुढो देख्नेका आँखा के भएका  होलान् ?’

आफूलाई बुढो देख्नेहरूलाई उनले ठट्यौली शैलीमा हाफ म्याराथुन राख्ने प्रस्ताव पनि गरे।  ‘मेरो बुवालाई भने हुन्थ्यो होला बरु । उमेरका कुरा, स्वास्थ्यका कुरा मेरो बारेमा? एक दिन हाफ म्याराथुन राखौँ कि क्या हो?’, उनले भने । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार