सोमवार, आश्विन १९ गते २०८३

मेयर हर्क साम्पाङसहित तीन जना विरुद्ध अभद्र व्यवहारमा उजुरी

बुधवार , बैशाख १०, २०८२

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङसहित तीन जना विरुद्ध अभद्र व्यवहारमा उजुरी परेको छ । सडक बनाउने विवाद मिलाउन धरान ११ पुगेका मेयर साम्पाङले उक्साएपछि उनका समर्थकद्वारा कुटिएका सन्तोष लिम्बुले प्रहरीमा उजुरी दिएका हुन् ।

मेयर साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागोकै अगाडि सोमबार कुटिएका लिम्बुले मेयर साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो र धरान ११ कै चङ्खे भन्ने जोन लिम्बूविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार