काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन संवाद गरेका हुन् ।
प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच बुधबार टेलिफोनमा कुराकानी भएको हो । उनले मोदीसँगको छलफलका क्रममा आतंकवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै उनले जघन्य अपराधका विरूद्धमा नेपाल-भारतसँग एकसाथ रहेको पनि उल्लेख गरेका छन् ।
प्रधानमन्त्री मोदीले पनि नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति समवेदना प्रकट गरेका हुन् । पहालगाममा आतंकवादी हमला हुँदा २६ जनाको मृत्यु भएको थियो । जसमा बुटवलका सुदीप न्यौपाने पनि परेका छन् । उनकी आमा भने घाइते छिन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मैले उहाँ (मोदी) सँग कुरा गरें र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरें, यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्याएँ ।’