मंगलवार, आश्विन १३ गते २०८३

नेपाल सुपर लिग : उपाधिका लागि पोखरा र ललितपुरले खेल्ने

बिहिवार , बैशाख ११, २०८२

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि पोखरा र ललितपुरले खेल्ने भएका छन् ।

बुधबार भएको खेलमा स्टेफन समिर बिनोङको निर्णायक गोलमा दश जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १–० ले हराउँदै फाइनलमा पुग्यो । पोखरा पहिलो पटक एनएसएलको फाइनलमा पुगेको हो ।

लगातार दुई पटक फाइनल खेलको धनगढी यसपटक प्लेअफबाट नै बाहिरियो । धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटीसँग पराजित भएको थियो ।

पोखरा थन्डर्सले एलिमिनेटरमा चितवनलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको थियो । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार