सोमवार, आश्विन १९ गते २०८३

प्रचण्डको सांसदलाई निर्देशन : सडक र सदनबाट सरकारलाई दबाब दिने गरि भूमिका खेल्नु

बिहिवार , बैशाख ११, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रले शिक्षा मन्त्री फेरबदलबाट शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको ठहर गरेको छ । साथै शिक्षकका मागहरू सम्बोधनका लागि सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्ने निर्णय माओवादीले गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक र सदनबाट सरकारलाई दबाब दिनुपर्ने भन्दै सांसदहरुलाई सोही अनुसार भूमिका खेल्न निर्देशन दिएका हुन् ।

उनले पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गरेका थिए । सो क्रममा अध्यक्ष प्रचण्डले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको समेत बताएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार