बुधवार, आश्विन १४ गते २०८३

कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बसमा आगलागी (तस्वीरसहित)

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी भएको छ । आज दिउँसो चन्द्रागिरी नगरपालिका-१५ ढुंगेअड्डामा सडकमा गुडिरहेको बा प्र०३-०१-००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो ।

bus.jpg

पाँचपोखरी यातायातको सार्वजनिक बसमा बसको फाइबरमा विद्युत्‌को लाइन सर्ट भएर आगलागी भएको हो । कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बसको इन्जिनमा आगो सल्किएर पूरै बसमा आगो लागेको थियो । बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

dhungeadda-aago.jpg

यात्रुहरू भने आगो लागेको देखनासाथ निस्किएर भागेकोले सकुशल रहेका प्रहरीले जनाएको छ । आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाको दमकल बोलाएर आगो नियन्त्रण गरिएको हो । उक्त आगो नियन्त्रणमा आइसकेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार