सोमवार, आश्विन १९ गते २०८३

रास्वपाले वाग्लेको नेतृत्वमा बजेट अधिवेशनमा छलफल अघि बढाउने

बिहिवार , बैशाख ११, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा संसद्को बजेट अधिवेशनमा छलफल अगाडि बढाउने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेट अधिवेशन प्रभावकारी बनाउनको लागि उपसभापति वाग्लेको नेतृत्वमा संसद्‌मा छलफल र बहस गर्ने निर्णय गरेको हो।

संसदीय दलको बैठकपछि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभापति वाग्लेको नेतृत्वमा बजेट अधिवेशनमा छलफल, बहस र संवाद अगाडि बढाउने निर्णय गरिएको बताए।

उनले बजेट अधिवेशनमा नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्तहरुलगायतका विषयवस्तुमाथि छलफल र बहसमा भाग लिएर देश र नागरिको हितमा संसद्‌मा भूमिका निभाउने बताए।

रास्वपाको गत वैशाख ४ गते बसेको केन्द्रीय समितिको बैठकले शिक्षकहरुको आन्दोलन, उनीहरुका माग र मुद्दाहरुको अध्ययन र संसद्‌मा प्रस्तुत हुने विद्यालय शिक्षा विधेयकको विषयमा छलफल गर्न निर्देशन दिएको थियो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार