आइतवार, श्रावण २४ गते २०८३

चलचित्र ‘जार’को गीत ‘ए ठूली’ सार्वजनिक

बिहिवार , बैशाख ११, २०८२

काठमाडौँ । चलचित्र ‘जार’को गीत सार्वजनिक भएको छ । ‘ए ठूली’ बोलको गीत निर्माण पक्षले बिहीबार यूट्युबमार्फत सार्वजनिक गरेको हो ।

झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा शब्द हर्क साउँदको छ । संगीत झुमा लिम्बू स्वयंको छ । गीत लोकलयमा आधारित छ ।

लोकलयमा आधारित गीतले प्रेमको कुरा गर्छ । प्रेमिल गीतले प्रेममा रहेका व्यक्तिले गर्ने रुमानी कल्पना र मिठो प्रतिक्षा उल्लेख छ । सुन्दर परिकल्पना गर्दै प्रेमीको पर्खाइमा आँखा बिच्छ्याएर बसेकी प्रेमिकाको कथा गीतले भनेको छ ।

लाहुरमा रहेको प्रेमीलाई घाम, पानी, खोलाको सामना गर्दा दुःख पाइरहेको होला भन्दै घरमा बसेर चिन्ता गर्ने कोमल हुदयकी प्रेमिकाको कथा गीतमा छ । उता लाहुरमा रहेको प्रेमीले गाउँमा रहेकी प्रेमिकाको सम्झना गर्दै मनमा रहेको मायाले पनि आफू पूर्ण रहेको प्रसङ्ग गीतमा उल्लेख छ ।

गीतले सिनेमाले लाहुरेको कथा भन्ने प्रस्ट पारेको छ । ‘जार’ वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार