काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदैछन्।
यही वैशाख ७ गते देउवा दम्पती परिवारका अन्य सदस्यसहित थाइल्याण्ड गएका थिए। देउवा दम्पती शुक्रबार दिउँसो १२ बजे स्वेदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसिच कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उपचारको लागि भन्दै देउवा थाइल्यान्ड गएका हुन् भने परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप) को ८१ औँ सम्मेलनमा सहभागी थाइल्यान्ड गएकी हुन्।