सोमवार, आश्विन १९ गते २०८३

देउवा चेकअपका लागि बैंकक जानुभएको हो, राजनीतिक भेटघाट भएन : परराष्ट्रमन्त्री आरजु राणा

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्यान्डको बैंकक यात्राका क्रममा कुनै किसिमको राजनीतिक भेटघाट नगरेको दाबी गरेकी छन् ।

आज बैंककबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भेटघाट गर्दै मन्त्री देउवाले यस्तो दाबी गरेकी हुन् ।

मन्त्री देउवाले भनिन्, ‘उहाँ त्यहाँ राजनीतिक भेटघाट गर्न जानुभएकै होइन, उहाँ त आफ्नो चेकअप र पर्सनल भिजिट (व्यक्तिगत यात्रा) हो । त्यसमा केही त्यस्तो भेटघाट हुने भएन ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार