सोमवार, आश्विन १९ गते २०८३

राजेन्द्र लिङ्देनले भने– प्रजातन्त्रको नाममा चलाइने निरंकुशताको विरोध गरिरहनेछौं

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्रको नाममा चलाइने निरंकुशताको विरोध गरिरहने बताएका छन् ।

आजबाट सुरु भएको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले संविधानले दिएको अधिकार प्रयोग गरेरै निरंकुशताको विरोध गरिरहेको बताएका छन् । उनले वर्तमान व्यवस्थाले मुलुकका समस्या समाधान गर्न निकास नदिने भन्दै राजादेखि गणतन्त्रवादीसम्म अटाउने नयाँ व्यवस्थामा जाने सहमति गर्न पटकपटक जोड दिएका छन् ।

उनले भने, ‘हामीले यो संविधानको शपथ खाएका छौं । यो संविधानले आलोचना गर्ने र संविधान संशोधन गर्ने अधिकार दिएको छ । अब ढिला गर्न हुँदैन, राजादेखि गणतन्त्रसम्म सबै अट्ने मौलिक व्यवस्थामा जान सहमति गरौं, ।’ लिङ्देनले नेता फेरिएर वर्तमानको समस्या समाधान नहुने भन्दै व्यवस्था नै परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् ।

लिङ्देनले भने, ‘नेताले भ्रष्टाचार गर्छ । अख्तियार र अदालतले भ्रष्टाचारको छानबिन गरेर कारबाही गर्नु पर्ने तर अख्तियारमा आफैंले सिफारिस गरेका मान्छे छन् । न्यायाधीश आफैंले सिफारिस गरेका छन् । त्यसैले अब यो व्यवस्थामा आमुल परिवर्तन आवश्यक छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार