मंगलवार, आश्विन १३ गते २०८३

महिला टी-२० विश्वकप एशिया छनोटका लागि टोली घोषणा

शनिवार , बैशाख १३, २०८२

काठमाडौँ । महिला टी-२० विश्वकप एशिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।

आउँदो मईमा थाइल्यान्डमा हुने आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटका लागि इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको अन्तिम टोलीमा पुजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो ।

मई ७ देखि २१ तारिखसम्म हुने एशिया छनोटमा नेपालसहित ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछ । ग्लोबल क्वालिफायरमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष चार टोली अर्को वर्ष जुन–जुलाईमा इङ्ग्लयाण्डमा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

यसैबीच महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप छनोटअघिको अन्तिम तयारीका लागि भारत जाने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार