काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा राति करिब २ घण्टा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको हो ।
बालुवाटारको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलका साथै गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। देउवा थाइल्यान्डबाट फर्किएपछि उनीहरुबीच पहिलोपल्ट भेटवार्ता भएको हो।
परराष्ट्रमन्त्री आरजु राणासहित देउवा थाइल्यान्ड भ्रमणबाट शुक्रबार फर्किएका थिए। कांग्रेसले सरकारको साथ छाड्न लागेको हल्ला चलेपछि ओलीले यसअघि देउवा थाइल्यान्डमै हुँदा टेलिफोन संवाद गरी जानकारी माग गरेका थिए। देउवा दम्पतीले स्वदेश फर्कने क्रममा पनि त्रिभुवन विमानस्थलमा यही प्रश्नको सामना सञ्चारकर्मीहरुबाट सामना गरेका थिए।