सोमवार, आश्विन १९ गते २०८३

सुरक्षा व्यवसायी सङ्गठन नेपालको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा भण्डारी निर्वाचित

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । सुरक्षा व्यवसायी सङ्गठन नेपालको १७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको १७ औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा खेम राज भण्डारी निर्वाचित भएका छन् । सुरक्षा व्यवसायी सङ्गठन नेपालको उपाध्यक्षहरूमा प्रमोद आचार्य, सबल चन्द्र शाह, भोज कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

46df9888-fb0f-480f-9aaf-b6afafc558f5.jpg

त्यस्तै महासचिवमा विष्णु प्रसाद तिमल्सिना, सचिवमा विजय कुमार तामाङ, सह सचिवमा अच्युत राज गौतम, कोषाध्यक्षमा उद्धव चमरेल र सदस्यहरूमा नारायण प्रसाद श्रेष्ठ , ओम प्रसाद धमला , दीपक सेढाईं, महेश कुमार कुशवाहा, ईश्वरी प्रसाद पौडेल निर्वाचित भएका छन् ।

436a47d5-661b-423e-86b4-e5cbbd2b00dc.jpg

कार्यक्रमको स्वागत मन्तव्य खेमराज भण्डारी र संगठनको गतिविधिबारे सभाका अध्यक्ष उद्द्बराज डल्लाकोटीले प्रकाश पारेका थिए ।

f7d20fe7-23bd-4ff3-b0ca-825ac06a80f0.jpg

कार्यक्रममा पूर्व अध्यक्ष विष्णु प्रसाद आचार्य प्रमुख अतिथि थिए । त्यस्तै प्रमुख निर्वाचन अधिकृत तीर्थराज पराजुली, निर्वाचन अधिकृत नर बहादुर खड्काको सहभागितामा सुरक्षा व्यवसायी सङ्गठन नेपालको निर्वाचन सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन भोज कुमार श्रेष्ठले गरेका थिए ।

5ddd6172-e7be-4082-ae06-423a59413c57.jpg

त्यस्तै विजय कुमार तामाङले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रमुख अतिथि आचार्यले चुनौतीहरु पार गर्दै समस्यालाई हल गर्न नयाँ कार्य समिति सफल होस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार