काठमाडौँ । म्याराथन धावक सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।
‘गोल्डेन गर्ल’ नामले चिनिने धादिङकी सन्तोषीले आइतबार विश्व प्रतिष्ठित लण्डन म्याराथनमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् ।
दुई वर्ष अघि डेब्यु म्याराथन अन्तर्गत बंगबन्धु म्याराथनमा सन्तोषीले २ घण्टा ४६ मिनेट २६ सेकेन्डमा म्याराथन पार गर्दै कीर्तिमान बनाएकी थिइन् । उनले महिला म्याराथनको आफ्नै नामको कीर्तिमान भंग गरेकी हुन् ।