मंगलवार, आश्विन १३ गते २०८३

आइपिएलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्दै

सोमवार , बैशाख १५, २०८२

काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ । आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच खेल हुदैछ । जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि हुने छ ।

जारी आइपिएलमा गुजरात टाइटन्सले उत्कृष्ट खेल खेल्दै ८ खेलमा १२ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । गुजरातले ६ जित र २ हार बेहोरेको छ ।

त्यस्तै राजस्थानले भने यस सिजनमा अहिलेसम्म ९ खेलमा केबल २ खेल जितेको छ भने ७ खेलमा हार बेहोरेको छ । यस सिजनमा यसअघि अप्रिल ९ मा यी दुवै टिमबीच भएको खेलमा गुजरातले ५८ रनको फराकिलो अन्तरले जित हासिल गरेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार