बुधवार, आश्विन १४ गते २०८३

काठमाडौंको माइतीघर मण्डलामा सहकारी पीडितको अर्धनग्न प्रदर्शन (तस्बिरहरू)

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंमा कालो पेटीकोट लगाएर अर्धनग्न प्रदर्शन गरेका छन् ।

pradarshan (2).jpg

सोमबार काठमाडौंको माइतीघर मण्डलामा सहकारी पीडितहरूले कालो पेटीकोट लगाएर अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् । उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो,’ ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

pradarshan (3).jpg

सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् । उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएका छन् । उनीहरुका माग सरकारले सम्बोधन गरेको छैन ।

pradarshan (1).jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार