सोमवार, आश्विन १९ गते २०८३

केशरबहादुर विष्ट भन्छन्– राजा नभएको भए प्रचण्ड हुँदैन थिए

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष एवं पञ्चायतकालीन नेता केशरबहादुर विष्टले देशमा राजा नभएको भए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नहुने टिप्पणी गरेका छन् ।

उनले आज काठमाडौंको भृकुटिमण्डपमा राप्रपा नेपालले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । विष्टले चेतावनी दिँदै भने, ‘राजा नभएको भए आज प्रचण्ड हुँदैन थियो । यो ख्याल गर्नू, यिनले जस्तो जहाँ पायो त्यहीँ मान्छे मारेर हिँड्ने राजा होइन ।’

उनले जनयुद्धको बेलामा नेपाली सेनाले प्रचण्डलाई उनी हिँडेको एक घण्टापछि मात्रै घरमा बम पड्काएकै कारण पटक पटक जोगिएको समेत उल्लेख गरेका छन्  । उनले भने, ‘सेनाले ऊ (प्रचण्ड) बसेको घरमा बम हान्दो रहेछ । ठिक्क प्रचण्डले घर छाडेर हिँडेको एक घण्टामा बम पड्काउँदो रहेछ, अर्को घर पनि छाडेको एक घण्टापछि पड्काउँदो रहेछ । यो आर्मी पनि बडो खेलाडी, बेलामा नहान्ने, हिँडेपछि हत्तेरी मिस भयो भन्ने ।’

उनले यस्तै कारणबाट प्रचण्ड बाँचेको भन्दै ख्याल गर्न चुनौती दिएका छन् । विष्टले भने, ‘यस्तै हत्तेरी मिस भयो भनेर बाँचेको प्रचण्ड, ख्याल गर्नू, ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार