सोमवार, आश्विन १९ गते २०८३

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्– देशभक्त र राष्ट्रवादी शक्तिहरू एकजुट होऔं

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी शक्तिहरूलाई आग्रह-पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एकजुट हुन अपिल गरेका छन् ।

उनले राप्रपा सबैसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराएका छन् । आज काठमाडौंको शान्तिवाटिकामा राप्रपा नेपालले आयोजना गरेको सभालाई सम्बोधन गर्दै लिङदेनले देश अहिले इतिहासकै कठिन परिस्थितिबाट गुज्रिरहेको बताएका छन् । उनले भने, ‘भ्रष्टाचार र कुशासनले देश आक्रान्त छ, भावी सन्ततिको भविष्य अन्योलमा छ, यस्तो बेलामा देशभक्त शक्तिहरू एक ठाउँमा उभिनुको विकल्प छैन् ।’

लिङ्देनले प्रजातन्त्र र लोकतन्त्रको नाममा देशमा लुटतन्त्र र निरंकुशता मौलाएको बताएका छन् । उनले भने, ‘यसको अन्त्यका लागि हामीबाहेक अर्को शक्ति छैन । सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ, ।’ उनले राप्रपाले सबै पक्षसँग सहकार्य गरी देशलाई निकास दिने प्रतिबद्धता जनाएका छन् ।

देश विशिष्ट र संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै लिङ्देनले राष्ट्रवादी शक्तिहरूको एकताले मात्र वर्तमान चुनौतीको सामना गर्न सकिने बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार