काठमाडौँ । तीनकुनेमा भएको प्रदर्शनमा उपद्रव मच्चाएको आरोपमा पक्राउ परेका थप १२ जनालाई प्रहरीले थुनामुक्त गरेको छ ।बयान सकेर थप एक दर्जन आरोपीहरूलाई हाजिर जमानीमा रिहा गरिएको हो ।
हाजिर जमानीमा हिरासत मुक्त गरिए पनि उनीहरूको मुद्दा नसकिएको एसपी बोहराले बताए । यसअघि कोटेश्वर स्थित भाटभटेनीमा लुटपाट र तोडफोडमा संलग्न २१ जनालाई रिहा गरिएको थियो ।
रिहा हुने अधिकांश आपराधिक उपद्रव कसुरमा म्याद थप गरेर अनुसन्धान गरिएकाहरू छन् ।