सोमवार, आश्विन १९ गते २०८३

राष्ट्रपति पौडेलले बैशाख १९ गते संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

मंगलवार , बैशाख १६, २०८२

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १९ गते संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम संसद्मा पेश गर्ने भएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले बैशाख १९ गते ३ बजे संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

राष्ट्रपति पौडेलले सरकारका तर्फबाट सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम संघीय सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार