सोमवार, आश्विन १९ गते २०८३

गगन थापालाई सर्वोच्चको आदेश- अदालतको अवहेलनामा किन कारवाही नगर्ने ? लिखित जवाफ दिनु

मंगलवार , बैशाख १६, २०८२

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारवाही नगर्ने भन्दै लिखित जवाफ दिन आदेश दिएको छ ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन पेश भएको थियो ।

कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उनको लिखित जवाफ माग्ने निर्णय गरेको हो ।

केही दिनअघि एक कार्यक्रममा काँग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरूको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार