काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका छन्। सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्टले अनाधिकृत रुपमा पठाएको पत्रका आधारमा पक्राउ परेका चौधरीलाई रिहा भएका हुन् ।
उनलाई सोही अनाधिकृत पत्रका आधारमा तत्काल पक्राउ गरेर कारागार राखिएको थियो। ५ घण्टापछि उनलाई बुबा लालवीर चौधरी र पत्नी रञ्जिता श्रेष्ठको जिम्मामा छाडिएको हो।
रेशम छुटेको केहीबेर पहिलेनै उनलाई पक्राउ गर्न पत्र लेख्ने कर्मचारी भने पक्राउ परिसकेका छन्। सर्वोच्च अदालतका शाखा अधिकृत बिष्टलाई सर्वोच्च अदालत सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको थियो। उनलाई सर्वोच्चले अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्र पठाएको छ।