काठमाडौँ । सत्ता साझेदार दल एमाले र कांग्रेसका दुई शीर्ष नेताबीच सिंहदरवारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । दुई नेताबीचको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।
त्यस्तै भेटवार्तामा सरकारका तर्फबाट भोली संसद्मा पेश हुने आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम, टीआरसी लगायतका विषयमा कुराकानी भएको छ ।