सोमवार, श्रावण २५ गते २०८३

आइपिएलबाट बाहिरिए ग्लेन म्याक्सवेल, यस्तो छ कारण

बिहिवार , बैशाख १८, २०८२

काठमाडौँ । पञ्जाब किंग्समा आबद्ध अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेल दाहिने हातको औँलाको चोट लागेर आइपिएल २०२५ को बाँकी खेलबाट बाहिरिएका छन् ।

पञ्जाबका कप्तान श्रेयस अय्यरले म्याक्सवेलको चोट पुष्टि गर्दै उनको स्थानमा नयाँ खेलाडी ल्याउने बारेमा अहिलेसम्म विचार नगरेको जानकारी दिए ।

यस सिजन म्याक्सवेलको फर्म खासै राम्रो थिएन । उनले ६ इनिङमा मात्र ४८ रन बनाए । यस्तै, म्याक्सवेलले चार विकेट लिए । पछिल्ला चार खेलमा भने उनले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

पञ्जाबले म्याक्सवेललाई पछिल्लो मेगा अक्सनबाट ४.२ करोड भारुमा अनुबन्ध गरेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार