सोमवार, आश्विन १९ गते २०८३

अजरबैजानका उपविदेशमन्त्रीले गरे राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभले राष्ट्रपति रामचन्द्र पौड्लसँग शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबिचको सम्बन्धमा नयाँ प्रगति भएकोमा खुसी व्यक्त गर्दै दुई देशबिचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताएका छन् । उनले कोप-२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त  गरेका छन् ।

उप विदेशमन्त्री मामोडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउदै ३० वर्षसम्म कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुने गरी काम भइरहेको जानकारी गराएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार