काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परागत भन्दा एक स्टेप अगाडि बढ्नुपर्ने भएपनि त्यो नभएको प्रतिक्रिया दिएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले नीति तथा कार्यक्रम ठिकठाकै रहेका बताएका हुन् । उनले भने ,‘परम्परागत भन्दा एक स्टेप अगाडि बढ्नुपर्थ्यो। त्यसमा केही कमी भएको छ। तर, समग्रमा ठीक छ।’
उनले अब बजेट कस्तो आउँछ र कार्यान्वयन कतिको हुन्छ भन्ने कुरामा भर पर्ने बताए। उनले विगतमा पनि गरिनेछ र हुनेछ भनेपनि नभएको स्मरण गर्दै कार्यान्वयनमा आमूल परिवर्तन गर्नुपर्ने बताए।