यसअघि शुक्रबार भएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३८ रनले हराएको छ । जीतका लागि २२५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनायो । अभिषेक शर्माले ७४ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।
त्यसअघि अहमदावादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो ।
उसका कप्तान शुभमन गिलले सर्वाधिक ७६ रन बनाए । त्यस्तै जोश बट्लर ६४ र साई सुदर्शन ४८ रनमा आउट भए । यो जीतसँगै गुजरातको १० खेलमा १४ अङ्क भएको छ । गुजरात तालिकाको दोस्रो स्थानमा छ । हैदराबाद समान १० खेलमा ६ अङ्कसहित नवौं स्थानमा छ ।