सोमवार, आश्विन १९ गते २०८३

लेखा समितिले प्रधानमन्त्रीलाई राजाभन्दा बढी मान्यो : सांसद अमरेशकुमार सिंह

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समिति सरकारको छाया बनेको आरोप लगाएका छन् । आइतबार बसेको समितिको बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘लेखा समिति आजको दिनमा सरकारको छाया हो । यस्तो हुन हुँदैन । लेखा समिति संसद्को छाया हुन हुँदै हुँदैन, ।’ साथै, उनले समितिको बैठकमा लेखा समितिको बैठकमा प्रधानमन्त्री र मुख्य सचिवलाई नबोलाएको भन्दै आपत्ति जनाएका छन् ।

सांसद सिंहले भने, ‘मुख्यसचिव र प्रधानमन्त्रीलाई बोलाउन सकेको छैन । लेखा समितिले प्रधानमन्त्रीलाई राजाभन्दा बढी मान्छ, उसले बोलाउनै हुँदैन भन्छ, ।’ उनले प्रश्न गरे, ‘दुई वर्षसम्म किन प्रधानमन्त्री र मुख्यसचिवलाई बोलाउन नसकेको ?’ पहिला पहिला लेखा समितिसँग मान्छेहरू डराउने भएको भए पनि अहिले त्यस्तो वातावरण नभएको बताएका छन् ।

उनले भने, ‘लेखा समितिले यहाँको भ्रष्टाचारलाई सहजीकरण गरिरहेको छ । कन्ट्रोल गर्नका लागि एउटै पनि काम भएको छ भने मलाई देखाउनुहोला, ।’ सांसद सिंहले कुनै पनि समिति बनाउँदा तीनवटा भन्दा बढी टीओआर बनाउन नहुने भनाइ राखेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार