सोमवार, आश्विन १९ गते २०८३

खुमलटारमा बैठक सकेर ओली भेट्न सिंहदरबारमा प्रचण्ड , सत्ता फेरबदलको प्रयास ?

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । खुमलटारमा पार्टी पदाधिकारी बैठक सकिए लगत्तै प्रचण्डले सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । 

प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल र उपमहासचिव वर्षमान पुन पनि सहभागी थिए । आइतबार बसेको माओवादी पदाधिकारी बैठकले पछिल्लो समय सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले सत्ता फेरबल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोहि सूचना बोकेर प्रचण्डले ओलीसँग छलफल गरेका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार