मंगलवार, आश्विन १३ गते २०८३

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी

सोमवार , बैशाख २२, २०८२

काठमाडौँ । केलियन एमबाप्पेको २ गोलमा रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–२ गोल अन्तरले हराएको हो। रियलको जितमा एमबाप्पेले २ तथा अर्डा गुलरले १ गोल गरे।

खेलको ३९ औँ मिनेटमा एमबाप्पेको गोलमा रियलले सेल्टा भिगोविरुद्ध अग्रता दोब्बर पारेका थिए । एमबाप्पेले नै खेलको ४८ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा रियलले ३–० को आरामदायी अग्रता बनाएको थियो।

खेलको ७६ औँ मिनेटमा वैकल्पिक खेलाडी विलियट स्वेडबर्गले गोल गर्दै सेल्टा भिगोलाई ३–२ को स्थितीमा ल्याएका थिए। तर, त्यसपछि सेल्टाभिगोले कुनै गोल गर्न नसकेपछि रियलविरुद्ध हार भोग्यो।

जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी कम गरेको छ। ला लिगाको ३४ खेलबाट रियलले ७५ अंकमा अंक तालिकाको दोस्रो स्थानमा छ। समान खेलबाट ७९ अंक भएको बार्सिलोना शीर्ष स्थानमा छ।

गएराति नै भएको खेलमा सेभिल्ला र लेगेनासले २–२ को बराबरी गर्दै अंक बाँडे। रियल बेटीसले स्प्यानोललाई २–१ ले हराउँदा रियल सोसिडाड र एथलेटिको क्लबले गोलरहित बराबरी गर्दै अंक बाँडे।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार