सोमवार, श्रावण २५ गते २०८३

आदिलको प्रतिबन्ध फुकुवा

सोमवार , बैशाख २२, २०८२

काठमाडौँ । नेपालका फास्टबलर अलराउन्डर मोहम्मद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ ।

२०७९ को पुसमा भएको फ्रेन्चाइज लिग नेपाल टी-२० लिगमा खेलेको बेला उनी म्याच फिक्सिङमा मुछिएका थिए । त्यसपछि उनीमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै खेल खेल्न प्रतिबन्ध लागेको थियो । सो प्रतिबन्धका कारण उनी करिब तीन वर्ष आधिकारिक क्रिकेटबाट टाढै रहे । 

सो म्याच फिक्सिङ प्रकरणमा उनी यसअघि नै निर्दोष ठहर भएका थिए । तर, प्रतिबन्ध फुकुवा गर्न समय लागेको हो । नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले उनको प्रतिबन्ध फुकुवा भएकाले अब उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउने बताए । 

ईश्वरबाबु कार्कीको नेतृत्वमा रहेको एन्टी करप्सन युनिटले उनको प्रतिबन्ध फुकुवा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एन्टी करप्सन युनिटसँगको सबै प्रक्रिया पूरा गरी क्यानअन्तर्गत रहेको कार्की नेतृत्वको युनिटले उनको प्रतिबन्ध फुकुवा गरेको हो । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार