आइतवार, आश्विन १८ गते २०८३

योगेश भट्टराईले भने– कुलमान हटाउँदा प्रचण्डलाई मुटुमै गोली लागेको जस्तो भएको छ

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङलाई घटाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्षलाई मुटुमै गोली लागेको जस्तो भएको टिप्पणी गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूले पनि प्रधान सेनापति हटाएको सम्झिन आग्रह गरेका छन् । भट्टराईले भने, ‘म कमरेड प्रचण्डलाई भन्न चाहान्छु, तपाईंले त प्रधान सेनापति नै हटाउनु भएको थियो त, एकपल्ट सम्झिनु त प्रधान सेनापतिलाई कसरी हटाउनुभयो, ? अस्तिको कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाउनुभयो । हुँदै नभएको सुरक्षा सल्लाहकार पोष्ट खडा गर्नुभयो । अनि अर्को मुख्य सचिव ल्याउनु थियो ।’

यस्तै काम केपी ओली सरकारले गर्दा विरोध गरेको भन्दै उनले भने, ‘अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यस्तो चिन्ता किन ? तपाईंकै मुटुमा गोली लागेको जस्तो किन भएको छ ? यो त मुटुमै गोली लागेको जस्तो भइराखेको छ उहाँलाई ।’ कर्मचारीलाई हटाउने सरकारको अविशिष्ट अधिकार रहेको भन्दै उनले सरकारसँग तालमेल नमिलेपछि एउटा सहसचिव हटाएको बताएका छन् ।

भट्टराईले भने, ‘केही कर्मचारीलाई सरकारले हटायो, त्यो सरकारको अभिशिष्ट अधिकार पनि हो, कर्मचारी सरकारको मातहत हो, त्यो समीक्षा गर्न सकिन्छ । एउटा सहसचिव तहको कर्मचारी हो । सरकारसँग उसको टुयुनिङ मिलेन । उसको एउटा बन्दोबस्ती भयो ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार