आइतवार, आश्विन १८ गते २०८३

जनार्दन शर्माको प्रश्न– सरकारको यो गैरजिम्मेवारी किन ?

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सांसदहरुले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

आजको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सांसदहरूले उठाएका प्रश्नमा सरकार ग्म्भीर भएर जवाफ दिनुपर्ने माग गरेका छन् । उनले सरकारालई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गरेका छन् । नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको उनको आरोप छ ।

उनले भने, ‘नागरिकका प्रश्नमा सरकार समाधानतिर होइन, जवाफ पनि दिन तयार छैन । यो गैरजिम्मेवारी किन ? म सभामुख महोदयलाई भन्न र आग्रह गर्न चाहन्छु, की शून्य समय शून्यमा उडाउन हो भने बन्द गरौँ, होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशनको माग गर्दछु, ।’

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार