आइतवार, आश्विन १८ गते २०८३

जेठ १५ गते गणतन्त्रको अवसान र श्री ५ ज्ञानेन्द्रको गद्दी आरोहण हुन्छ : जगमान गुरुङ

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । राजसंस्था पक्षधर अभियन्ता डा. जगमान गुरुङले आउँदो जेठ १५ गते नै नेपालमा गणतन्त्रको अवसान र श्री ५ ज्ञानेन्द्रको गद्दी आरोहण हुने भविष्यवाणी गरेका छन् । राजसंस्था सँगसँगै वैदिक सनातन अधिराज्यको पनि स्थापना हुने उनको दाबी छ ।

आज एक कार्यक्रममा सम्वोधन गर्दै गुरुङले जनताले तीव्ररुपमा राजाको आवश्यकता महसुस गरिरहेको बताए । राजाले दरबार छोडेर जनताको नासो जनतालाई सुम्पिए पनि अब यसलाई फेरि राजामै फर्काउनुपर्नेमा उनले जोड दिए ।

‘श्री ५ ज्ञानेन्द्रले पनि यदि म राजा हुने हो पनि नेपाली जनताको सदिच्छाअनुसार हुने छु भनेर हुकुम भएको छ । त्यसैले अब छिट्टै नेपालमा संवैधानिक राजसंस्थाको स्थापना हुन्छ । वैदिक सनातक अधिराज्य नेपालको स्थापना हुन्छ । अब २०८२ सालमा जनताको सदिच्छा पूरा हुने छ भनिबक्सेको छ । कहिले हुन्छ त अब ? जेठ लागेपछि हुन्छ । मैले जेठ १५ गतेको अवधि तोक्या छु । कुनै मान्छे मर्नुपर्यो भने उसैको जन्म महिना, जन्म राशी, जन्म बार, जन्म नक्षेत्रमा मर्छ । १५ गते गणतन्त्रको स्थापना भएको हो । २०८२ साल जेठ १५ गते गणतन्त्रको अवसान हुन्छ र श्री ५ ज्ञानेन्द्रको गद्दीमा आरोहण हुन्छ ।’, उनले भने । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार