आइतवार, आश्विन १८ गते २०८३

शौचालयमा लडेर प्रचण्ड घाइते

बुधवार , बैशाख २४, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्।

घाइते भएपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। उनको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ।

उनको अवस्था सामान्य छ । अस्पतालमा उपचारपछि उनी घर फर्किएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार