काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा उप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। यसअघि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने रायसहित फायल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको भए पनि महान्यायाधिवक्ताले मुद्दा चलाउने निर्णय गरेका थिए।
महान्यायाधिवक्ताको निर्णयपछि अभियोग पत्र दायर गरेको हो। गणेशमान सिंहकी छोरी रीता (७१ वर्ष) नेपाल बाल संगठनको तत्कालीन अध्यक्ष थिइन्।
मुद्दा दर्ता भएका १७ जना को को हुन् ?
१) रिता सिंह
२) तुलसी नारायण श्रेष्ठ
३) गणेशभक्त श्रेष्ठ
४) कृष्ण शंकर साह
५) श्याम कुमार आले
६) सुवास कुमार पोखरेल
७) प्रचण्ड राज प्रधान
८) राम काजी गुरुङ
९) योगेन्द्र बहादुर शाही
१०) दीपक दास श्रेष्ठ
११) प्रविण राज जोशी
१२) मुरारी निधि तिवारी (ना.प्र.नं.६५४७–०२६–५१४५१).
१३) पुरुषोत्तम राज जोशी
१४) श्रद्धा संघाई
१५) अभिनव सिंघानिया (भारतीय नागरिक)
१६) सिद्धार्थ केडिया (भारतीय नागरिक)
१७) कीर्ति प्रसाद पाण्डेय (भारतीय नागरिक)