आइतवार, आश्विन १८ गते २०८३

सांसद मनीष झाले भने– क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन हुनेछ

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर समेत सम्पन्न भइसकेको बताएका छन् । डीपीआर बनिसकेको परियोजना अगाडी बढाउन ढिलाइ भइरहेको भन्दै उनले निर्माण कार्यमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनले लक्ष्मण कुटीको नाममा रहेको १७ विघा जमिनमा रंगशालाको डीपीआर तयार गरी साढे २ अर्बको लागतमा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना अघि बढेको बताएका छन् । खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्ने गरेकोमा अहिले प्रलोभनका कारण भाडा दर बढाएर ४९ लाख ६० हजार बनाइएको भन्दै उनले आपत्ति जनाएका छन् ।

क्रिकेट रंगशाला जनकपुरका युवाहरूको परिकल्पना भएको भन्दै उनले कुनै व्यवधान भए आन्दोलनको सामना गर्नु पर्ने बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार