आइतवार, आश्विन १८ गते २०८३

गृहमन्त्री लेखक भन्छन्– १० महिनामै सरकार फेरिँदैन

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् ।

उनले आज ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचेनको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

आफू मन्त्री बनेको १० महिना भएको बताउँदै यो समय धेरै नरहेको बताएका छन् । विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरे पनि अहिलेको सरकार परिवर्तन नहुने उनको भनाइ रहेको छ ।

गृहमन्त्री लेखकले भने, ‘म मन्त्री बनेको १० महिना भइसक्यो । फेरि १० महिना धेरै पनि होइन । धेरै यसकारण होइन की पहिला पहिला १०-१० महिनामा सरकार फेरिन्थ्यो, त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो, यसपालि दशै महिनामा फेरिँदैन । यस्ता १० महिना हामी तीन, चार वटा अरु व्यहोर्छौं ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार