आइतवार, आश्विन १८ गते २०८३

राजावादीले जनआन्दोलनको घोषणा गरे लगत्तै सरकारको चेतावनी - संविधान विरोधी गतिविधि सैह्य हुँदैन

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते भएको तीनकुने घटनामा अनुसन्धान भइरहेको सदनलाई जानकारी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अनुसन्धानमा कसैप्रति सरकारले कुनै पूर्वाग्रह नराखेको पनि बताए।

उनले भने, ‘त्यो घटना विध्वंशात्मक र संविधान विरोधी थियो। अहिलेको व्यवस्थाका विरुद्धमा थियो। संविधान विरोध अराजक गतिविधिलाई कानूनको दायरामा ल्याइ नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अधिकारको निर्वाध उपयोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार प्रतिबद्ध छ।’

उनले राजावादीलाई लक्षित गर्दै संविधानले निधेष गरिएका कुनै गतिविधि नगर्न आग्रह गर्दै त्यस्ता गतिविधि सैह्य नहुने चेतावनी दिए। राजावादीहरुले आजै जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार